फोनिज गण्डकीको संवाद: ‘इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिनुपर्छ भन्ने छैन’
पाेखरा | बैशाख ९, २०८१
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन् ।
फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आईतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा उनले इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै नलेखिने बताएका हुन् ।
नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदान सन्दर्भमा आयोजित फोनिज संवाद कार्यक्रममा उनले कार्यक्रममा संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो लगाउनुपर्नेमा जोड दिए ।
सत्य र इतिहास लुकाएर नलुक्ने उनले बताए । ‘सत्यनारायण बहादुर श्रेष्ठको विषयमा कुरा उठिरहँदा अन्य अग्रज व्यक्तित्वको अपमान भने गर्नु भएन, उनले भने, ‘तर, सत्यतथ्यका आधारमा संस्थापक अध्यक्षको विषय टुंग्याउनुपर्छ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकार महासंघको महाधिवेशनले संस्थापकको विषय टुंगोमा पु¥याउन भूमिका खेल्ने बताइन् ।
यसका लागि फोनिजका सदस्यहरु चनाखो हुनुपर्नेमा उनको जोड थियो । यसका लागि आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाइन् ।
उनले रहेक मिडिया हाउसमा जातीय समावेशिता हुनुपर्नेमा जोड दिएकी थिइन् ।
फोनिज गण्डकीका ईन्चार्ज एमबी आस्था मगरले सत्यनारायण बहादुर श्रेष्ठ नै पत्रकार महासंघको संस्थापक अध्यक्ष हुन् भन्ने प्रमाण फोनिजको संघीय तहमा प्रमाण सुरक्षित रहेको बताए ।
सोही प्रमाणका आधारमा महासंघको केन्द्रीय तहले पनि आगामी वर्ष ७४ औं स्थापना दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा भइरहेको विवादलाई सत्य र तथ्यको आधारमा छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्नेमा उनको जोड थियो ।
उनले भने, ‘नेपाल पत्रकार महासंघको ७४ औं स्थापना दिवस विवारहित तरिकाले मनाउने गरी समस्याको समाधान गर्नुपर्छ ।’
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले अहिले पत्रकार खुलेर लेख्न तथा बोल्न सक्ने वातावरण हुनुमा सत्यनारायण बहादुर श्रेष्ठ तथा कृष्णप्रसाद भट्टराई दुवैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंगले उठाइरहेको संस्थापक अध्यक्षको विषयमा केन्द्रीय तहबाटै पहल हुनुपर्ने उनको जोड थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय समितिका मुख्य सचिव सुजन लामा लगायतले संस्थापक अध्यक्षको विषयमा प्रमाणसहित सत्यतामा रहेर बहस र संवाद अघि बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले स्वागत गरेका थिए भने फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ ‘सुमन’ कार्यक्रम सञ्चालनले गरेका थिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

